उद्योगपति श्रेष्ठको परिवार दुर्घटनामा घाईते

50

नेपालगन्ज, जेठ ५-
नेपालगन्जका प्रतिष्ठित उद्योगी एवम् समाजसेवी सुरेन्द्रकुमार श्रेष्ठको परिवार चढेको कार दुर्घटनामा परेको छ । शनिबार राति करिव १ बजेतिर पश्चिमबाट नेपालगन्जतर्फ आइरहेको कार बैजनाथ गाँउपालिकास्थित मदन चोकमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परेर कारमा सवार चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये एकको अवस्था गम्भिर छ । नेपालगन्ज–२ निवासी श्रेष्ठकी पत्नी भावनाज्योति श्रेष्ठ गम्भीर घाइते भएपछि शनिबार थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । कारमा सवार सुरेन्द्र, उनकी छोरी सुदिक्षा श्रेष्ठ र सविता श्रेष्ठ भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बा १४ च १५०५ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उक्त कार सुरेन्द्र आफैले चलाएका थिए ।
तस्बिर साभार : फेसबुकबाट

Womui
Womui