विदेशमा आत्महत्या गर्ने बढे, यस्तो भेटियो कारण

154

छिनछिन खबर
काठमाडौं, जेठ ५ । वैदेशिक रोजगारीमा गएका युवाले आत्महत्या गर्ने क्रम बढेको छ । यो क्रम बढ्दै गएपछि विदेशमा मृत्युको पहिलो कारण नै आत्महत्या बनेको छ ।

वैदेशिक रोजगारीमा शोषण र ठगीका घटना वृद्धि भइरहेको बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि वैदेशिक रोजगारीमा थप चुनौतीसमेत देखिएको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा विकल्पमा आएको वैदेशिक रोजगारीमा रहेका युवायुवतीले आत्महत्या गर्ने क्रम बढेपछि विदेशको रोजगारी असुरक्षित बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार गत साउनदेखि हालसम्म रोजगारीको क्रममा विभिन्न मुलुकमा छ सय ३३ जनाको निधन भएको छ । जसमध्ये सबभन्दा बढी एक सय पाँच जनाले आत्महत्या गरेका छन् । विगतका वर्ष वैदेशिक रोजगारीको क्रममा निधन हुनेमध्ये प्रमुख कारण सडक दुर्घटना र प्राकृतिक मृत्यु अग्रस्थानमा हुने गथ्र्यो ।

चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा आत्महत्यापछि विदेशमा हुने मृत्युको दोस्रो कारण प्राकृतिक मृत्यु हुने गरेको तथ्यांक छ । यस अवधिमा प्राकृतिक कारणले मृत्यु हुने कामदारको संख्या एक सय रहेको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा जुनसुकै कारणले मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले सात लाख रुपैयाँ राहत र बिमा कम्पनीले १५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने गर्छन् । चालु आर्थिक वर्षको सुरुवातमै बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई दिने क्षतिपूर्ति र बिमाको रकम करिब दोब्बर पारेको थियो ।

कतिपय व्यक्तिले वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने क्रम बढ्नुलाई क्षतिपूर्ति रकम वृद्धिले प्रोत्साहन गरेको त होइन भन्ने प्रश्न पनि गर्न थालेका छन् । बोर्डकी आप्रवासन स्रोत केन्द्र संयोजक पुनम थपलिया वैदेशिक रोजगारीमा जानेबेला युवाले ठूलो रकम ऋण लिने तर त्यो रकम तिर्ने पारिश्रमिक नपाउँदा आत्महत्याका घटना वृद्धि भएको हुन सक्ने ठान्छिन् । ‘आत्महत्या गर्ने क्रम बढेपछि वैदेशिक रोजगारी तनावपूर्ण भइरहेको छ भन्ने पुष्टि हुन्छ,’ थपलियाले भनिन्, ‘वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश कामदार अदक्ष हुनाले पनि आत्महत्याका घटना बढिरहेका हुन् ।’

वैदेशिक रोजगारीमा जानु अघि अधिकांशको चाहना आर्थिक आर्जन नै हुन्छ । तर, विदेशको रोजगारी स्वदेशबाट बुझेजस्तो नहुने र पछिल्ला दिनमा खाडी मुलुक र मलेसियाको संकटले समेत आत्महत्यालाई प्रोत्साहन गरेको हुनसक्ने बोर्डका कर्मचारी ठान्छन् ।
कतिपयको धारणा भने युवालाई विदेश पठाउन गलत सूचना दिएर युवालाई उक्साउने मेनपावर र दलाल दोषी रहेको ठान्छन् । मेनपावर र दलालले विदेशको रोजगारीबारे बढाइचढाइ गर्ने तर युवायुवती विदेशमा पुगेपछि त्यस्तो नपाउँदा निराश हुने गरेको ठान्छन् ।
साउनदेखि वैशाखसम्म वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेहरू

Womui
Womui