माओवादी केन्द्रको कार्यालय पेरिसडँडामा राखियो कम्युनिष्ट लेखिएको साइनवोर्ड

37

छिनछिन खबर
काठमाडौं, जेठ ४ । कोटेश्वरको पेरिसडाँडामा रहेको पूर्व नेकपा माओवादी केन्द्रको कार्यालयमा माओवादीको साइनवोर्ड हटाएर कम्युनिष्ट पार्टी लेखिएको साइनबोर्ड राखिएको छ । पार्टीका दुई अध्यक्षयले शुक्रबार कार्यालय भ्रमण गर्नु अघि पेरिसडाँडाको कार्यालयमा नयाँ साइनवोर्ड राखिएको हो ।

यस अघि नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयका रुपमा संचालन गर्दै आएको भवन नेपाल कम्युनिष्ट पार्टीले पार्टी कार्यालय बनाएको हो । धुम्बाराहीमा रहेको निवर्तमान नेकपा एमालेको पार्टी कार्यालयलाई सहायक पार्टी कार्यालयका रुपमा संचालन गरिने जनाइएको छ ।

 

शुक्रवार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुबैपार्टीको  कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ब्यानर राख्न लागिएको हो ।

Womui
Womui