दुवै पार्टी कार्यालयको अवलोकन गर्दे अध्यक्ष ओली र दहाल

139

छिनछिन खबर
काठमाडौं, जेठ ४ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुबै कार्यालय अवलोकन गर्ने भएका छन् ।एमालेको पार्टी कार्यालय धूम्रबाराही र माओवादी केन्द्र पेरिसडाँडा र रहेको केन्द्रीय कार्यालयको अवलोकन गर्न लागेका हुन् ।

अवलोकन पछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।पार्टीको निर्णय अनुसार हालको लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार सुरू गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

Womui
Womui