आईपीएलः हैदरावादलाई हराउँदै बैंग्लोर पाँचौं स्थानमा,प्लेअफ सम्भावना जिवितै

36

छिनछिन खबर
काठमाडौं, जेठ ४ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ । यो जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुग्दा
आईपीएलमा प्लेअफ खेल्ने सम्भावना अझै जिवित राखेको छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाएको थियो । उसका लागि काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन ।

हैदराबादका विलियम्सनले सर्वा्धिक ८१ तथा र मनीषले अविजित ६२ रन जोडेका थिए । एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन थपे पनि त्यो जितका लाग पर्याप्त रहेन ।

बैंगलोरका युभभेन्द्र चाहाल, मोहम्मद सिराज र मोइन अलीले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

उसकाका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरेका थिए। ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए भने ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे।

कोलिन डी ग्रान्डहोमेले ४० तथा सरफराज खानले अविजित २२ रन जोडेका थिए ।

हैदराबादका रासिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए ।

Womui
Womui