अब फुटेर होइन जुटेर लाग्छौं देश निर्माणमा प्रधानमन्त्री ओली

108

छिछिन खबर
काठमाडौं, जेठ ३ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी एकता पछिको पार्टीले नेपालको उज्वल भविश्य निर्माण हुने कुरा बताए । एमालेका महासचिव मदन भण्डारी तथा संगठन विभागका प्रमुख जीवराज आश्रितको २५ औं स्मृतिदिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रममा आलीले अबका दिनमा पार्टी फुटेर होईन सबैको सहमतिमा एक भएर लागेको खण्डमा देशलाई नयाँ उचाइमा पु¥याउँछौं भनेका छन् ।

पार्टी एकताले एकतर्फी नभएर देशको आर्थिक, सामाजिक, राजनितिक, सांस्कृतिक सबै क्षेत्रमा प्रभाव पार्नेकुरा जानकारी गराए । कांग्रेस पनि आफ्नो प्रतिद्धन्दी दल नभएको र लामो समयसम्म योगदान गरेकोले र सबै मिलेर देशको संवृद्धिमा लाग्ने ओलीको भनाइ छ ।ओलीले भ्रष्टाचारको नियन्त्रण गर्न, देशलाई प्रगतिको बाटोमा लैजान,सुशासनको व्यवस्था गर्न नयाँ दल घोषणा गर्न लागेको बताए ।

स्वर्गीय मदन भण्डारीले देखाएको बाटो विस्तारित र फराकिलो बनेको अब यसले आगामी दिनमा अरु बढी सामाथ्र्य र प्रभाव देखाउने ओलीको दावी छ । भण्डारी शताब्दि नायक, असाधारण चिन्तक, दूरद्रष्टा रहेको र उहाँको निधनपछिका २५ वर्ष जागरण, विचार चिन्तन प्रयोग व्यवहार सफलता असफलताका उतारचढावका हिसाबले महत्वपूर्ण रहेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको भनाई छ ।

Womui
Womui