मकालु एयरलाइन्सको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

110

छिनछिन खबर
काठमाडौं, जेठ २ । बुधबार बिहान सुर्खेत जिल्लाबाट सिमिकोटको लागि उडेको कार्गो जहाज बेपत्ता भएको थियो । केहीबेर अघि जहाज सकुशल भेटिएको खबर आएपनि त्यो खबर गलत पुष्टि भएको छ । जहाज केहीबेर अघि हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

जहाजमा रहेका दुवै जना पाइलट र को पाइलट को मृत्यु भएको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ ।

प्रहरीले दुवै जनाको शव फेला परेको जानकारी दिएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो । को पाइलटको भने घटनास्थलबाट केही पर शव फेला परेको जनाएको छ । ९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को(पाइलट आदित्य नेपालीले उडाएका थिए।

यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको अपुष्ट सूचना आएको बताएका थिए । विमान १२ हजार ८०० फिट उचाईँमा भेटिएको ठाकुरले बताए ।

Womui
Womui