दशौं हजार सर्वसाधारण वनस्ती र जीव दुवैको गुण पाइने बहुमूल्य जडीबुटी यार्साको खोजीमा तछाड मछाड

171

छिनछिन खबर
डोल्पा, जेठ २ । मगंलबार देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएको छ । सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन जान थालेका छन् ।शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट आउने यार्सा संकलकलाई इजाजतपत्र वितरण गर्दै हिजोबाट पाटन जान खुल्ला गरेको हो ।

मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु २५ सय र जिल्ला बाहिरकालाई रु ३५ सय रकम तोकिएको निकुञ्जले जनाएको छ ।यार्सा बहुमूल्य जडीबुटी हो यसमा दशौं हजार सर्वसाधारण वनस्पती र वीवमा पाइने दुवै गुण पाइन्छ ।यार्सागुम्बा खोजेर आम्दानी कमाउनको लागि आफ्नो ज्यानलाई बाजी राखेर गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर यार्सागुम्बा पाटन पुगेका छन् ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो । नेपालको सबैभन्दा बढी यार्सा पाइने ठाउँको रूपमा डोल्पा चिनिन्छ । े यार्सागुम्बा संकलनका लागि वर्षेनी दशौँ हजार सर्वसाधारण वन्दोवस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्सा पाटनमा पुग्ने गर्दछन् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि डोल्पामा यार्सा संकलकको बाक्लो उपस्थिति देखिन्छ ।

 

 

यार्सागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभई छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छ त्रिपुरासुन्दरी नगरपालिकाका हरी रावत विगत वर्षमा जस्तै यसपटक पनि यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्ने सुरमा छन् । पाटनमा पुगेर यार्सागुम्बा टिप्ने आफू एक्लैले दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको उनले बताए ।

यार्सा संकलनबाट कतिले राम्रो आम्दानी गर्छन भने कतिले यार्सा संकलनमा जाँदा खर्चको लागि लिएको सापटी पनि तिर्न नसककेर घरको अन्य सामानबाट तिर्नु परेका सुनाउँछन् । पाटन पुगिसकेपछि पनि भारी हिमपात, र वर्षात हुँदा पनि दिनभर घुँडा धसेर खोज्नुपर्ने हुँदा अत्याधिक चिसोका कारण धेरैजना विरामी पर्ने र कतिपयको त निधनसमेत हुने गरेको डोल्पाका राजेश हमालले बताए ।

विद्यार्थीहरू पनि यार्साको खोजीमा जाने हुँदा विद्यालय पनि सुनसान देखिन्छन् । कार्यालयमा काम गर्ने कर्मचारी पनि यार्साको खोजीमा लागेकोले कार्यालयको काम पनि प्रभावित भएको देखिन्छ । विद्यार्थी यार्सागुम्बा पाटन जाने गरेरकाले विद्यालयहरु स्वतः बन्द हुने गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताए ।

यतिबेला गाउँघरमा केटाकेटी मात्र छन् भने यार्सा पाटनमा भिडभाड् छ । याार्सागुम्बा संकलनको समयलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तीनवटै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि सुर्खेतबाट ७५ जनाको सङ्ख्यामा सशत्र प्रहरी डोल्पा आइपुगेको छ । त्यस्तै १५० भन्दा धेरै प्रहरी परिचालन गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

निकुञ्ज सुरक्षार्थ नेपाली सेना पनि तोइजुम, छेप्का, सुन्दरलगाएतका पोष्टहरुमा सेना बसिरहेको शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताए ।यार्सागुम्बा सिजन अवधिभर हुने हत्या,हिंशा,लुटपाट,चोरी डकैटीलाई नियन्त्रण गर्नका लागि तीनवटै सुरक्षा निकाय परिचारलन गरिएको बताइएको छ । यतिखेर यार्सागुम्बाको कारोवारका लागि करोडौँ रुपैयाँ बोकेर ब्यापारीहरु डोल्पा आउने गर्दछन् ।

जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै त्रिपुराकोट, कालागौँडा लगायतका नाकाहरुमा प्रहरीले विशेष सर्तकता अपनाएको जिप्रका डोल्पाले जनाएको छ ।

Womui
Womui