सिमिकोट जादैँ गरेको मकालु एयरको जहाज हरायो

102

छिनछिन खबर
काठमाडौं, जेठ २ । सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्क बिहिन भएको छ ।

बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको थियो ९ एन एजेयु कल साइन जहाज सम्पर्कमा आएको छैन । जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गरिसक्नु पर्ने थियो । उक्त जहाजले हुम्लाको उडान भर्दे आएको थियो ।

यो ९ सिट भएको जहाज हो । यसमा पाइलट किरन भट्टराई र को पाइलट  रहेका छन् ।

अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन भइसकेको छ ।

Womui
Womui