अमेरिकामा टिपिएस आतंक, कति नेपाली फर्केलान् ?

30

छिनछिन खबर
काठमाडौं, जेठ २ । अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने र काम गर्ने ९ हजार नेपाली नागरिकको टिपीएस नवीकरण नगर्ने सूचना गरेपछि आप्रवपासीलाई आतंकित बनाएको छ ।

एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा आ–आफ्नो देश फिर्ता हुन उक्त सूचनामा भनिएको छ । अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशनमा भनिएको छ, ‘नेपाली नागरिकका लागि जारी गरिएको टिपीएस जुन २४, २०१९ मा अन्त्य हुनेछ । यो अवधिभित्र टिपीएसमार्फत काम र बसोबासको अनुमति पाएका ९ हजार नेपालीलाई अन्य कुनै कानुनी प्रक्रिया अपनाउन वा स्वदेश फिर्ता हुन निर्देशन गर्छौं ।’

सन् २०१५ मा नेपालमा गएको भूकम्पका कारण अमेरिकी सरकारले कागजपत्रविहीन नेपालीलाई अस्थायी काम गर्ने तथा ओहोदोहोर गर्ने अनुमति प्रदान गरेको थियो । ‘अब नेपालमा असुरक्षाको अनुभूति नभएका कारण हामीले टिपीएस एक वर्षभित्र सकिने निर्णय गरेका छौं ।’
नेपालमा तीन वर्ष अगाडि ७.८ रेक्टर स्केलको भूकम्प गएपछि अमेरिकाभित्र रहेका कागजपत्रविहिन नेपालीलाई अस्थायी बसोबाससहित काम गर्नका लागि टिपीएसको प्रदान गरिएको थियो ।

सन् १९९० देखि अमेरिकी सरकारले राजनीतिक, प्राकृतिक विपत, हत्या हिंसाले प्रभाव पारेका मुलुकका नागरिकका लागि टिपीएसमार्फत संरक्षणको व्यवस्था गर्दै आएको छ । अमेरिकाको उक्त निर्णयपछि के नेपालीहरू स्वदेश फर्केलान् त भन्ने प्रश्न उब्जिएको छ ।
जानकार व्यक्तिका अनुसार उक्त निर्णयले कम्तीमा पाँच हजार नेपाली घर फर्कंनु पर्नेछ । नौ हजारमध्ये चार हजारजतिले भने कागजपत्र मिलाउन सक्ने अनुमान गरिएको छ ।

Womui
Womui