ठिमीका मेयर मदनसुन्दर श्रेष्ठ माथि हत्याको प्रयास गरेका मुख्य योजनाकार बागबजारबाट पक्राउ

160

छिनछिन खबर
काठमाडौं, जेठ १ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेताहरुले हत्या प्रयास गरेको खुलेको छ। घटनाका मुख्य योजनाकारलाई मंगलबार बागबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा नेकपा भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटी हुन् । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनको साथबाट ५ वटा मोबाइल र १४ वटा सिमकार्ड बरामद भएको छ । प्रहरीलाई झुक्याउन उनले १४ वटा सिमकार्ड प्रयोग गरेका थिए ।

 

आक्रमणमा साथ दिने नेकपाका ४ जना सदस्य यसअघि नै पक्राउ परिसकेका छन् । आक्रमणमा परी श्रेष्ठ गम्भीर घाइते भएका थिए । गत बैशाख ७ गते उनीमाथि आक्रमण भएको थियो। आक्रमणमा प्रयोग भएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

Womui
Womui