इसिडी का आन्दोलित शिक्षक न्याय माग्न पुगे सिंहदरबार

107

छिनछिन खबर
काठमाडौं, जेठ १ । अस्थायी शिक्षक, विद्यालयका कर्मचारीले बेलाबेलामा आन्दोलन गर्दै आएका छन्, भने अहिले बाल विकास (इसिडी)मा कार्यरत शिक्षक पनि आन्दोलित बनेका छन्। शिक्षा ऐनको आठौं संशोधनले इसिडीलाई विद्यालय तहमा समायोजन गरे पनि शिक्षक भने मासिक ६ हजारमा काम गर्न वाध्य भएको बताए ।

उनिहरूले भने गरेको काम छोड्न पनि नसकिने अहिलेको महंगीले आकाश छोएको बेलामा यति थोरै पारिश्रमिकले महिनाभरी काम गरेको भन्दै देशभरका इसिडी शिक्षकहरुका प्रतिनिधि न्याय माग्दै सिंहदरबार पुगेका हुन् ।उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

इसिडी शिक्षकहरुले अन्य शिक्षक सरह सेवा सुविधा हुनुपर्ने माग गरेका छन् । बालविकास संघर्ष समितिको नेतृत्वमा मन्त्रालय पुगेका इसिडी शिक्षकहरुले शिक्षामन्त्री पोखरेललाई भेटेर देशभरका ३६ हजार ९३ इसिडी शिक्षकलाई बाँच्न पुग्ने सेवा–सुविधा उपलब्ध गराइदिने आग्रह गरे ।

संघर्ष समितिकी अध्यक्ष एवं कृष्णा मावि बाँकेकी इसिडी शिक्षक कृष्णा थापाले शिक्षामन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउँदै स्नातक र स्नात्तकोत्तर गरेका र शिक्षक लाइसेन्स भएका इसिडी शिक्षकहरु मासिक ६ हजारमा काम गर्न वाध्य रहेको बताइन् ।

थापाले भनिन् बालबालिकाको भविष्य निर्माणको आधार बालविकास हो भन्ने कुरा गरे पनि त्यसमा काम गर्ने इसिडी शिक्षकहरुमाथि सरकारले नै विभेद गरेको उनको गुनासो छ । तत्काल प्रावि शिक्षक सरह सेवा–सुविधाको माग गरेका छौं, उनले भनिन् हामीलाई पनि माग गरे अनुसारको सेवा सुविधा नदिएको खण्डमा आन्दोलन जारी राख्ने उनको भनाई छ ।

इसिडी शिक्षक पार्वती कँडेलले आफूहरु दुई महिनाको तलव खर्च गरेर न्याय माग्न राजधानी आएको बताइन्। अहिलेको जमानामा पनि मासिक ६ हजारमा काम गराएर आफूहरुमाथि राज्यले श्रम शोषण गरिरहेको उनको आरोप छ ।

Womui
Womui