के प्रसंगमा भयो होला त दुई पार्टीका नेताविच छलफल ?

41

 छिनछिन खबर
काठमाडौं, जेठ १ । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ ।


दुवै नेताले भेटघाट ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा गरेका हुन् । दुई पार्टीका नेताले गरेको  छलफलमा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौंमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ ।

Womui
Womui