गाउँ बस्ती जलमग्न वैशाखको पानीले

126

छिनछिन खबर
रामेछाप, वैशाख ३१ । गयको राती देखि लगातार परेको पानीले अरू जिल्लामा पनि कतै हावाहुरी सहितको पानी परेर दुःख दिएको छ । त्यस्तै गरी पाल्पामा खसेको पहिरोले बाटो अबरूद्ध भएर यात्रुले सास्ती भोगेका छन्, भन्ने सामाचार सुनिन्छ । रामेछापको मन्थलीमा लगातार परेको पानीले गाउँ नै जलमग्न भएको छ ।

 

यसरी पानीको मात्रा बढ्दै गएपछि बाढी आएर रूद्राक्ष्यस्वर मावि केन्द्रमा कक्षा ११ को परीक्षा दिन गएका विद्यार्थीहरूलाई खोलाले बगाएको थियो । चार जना पौडी खेलेर निस्कन सफल भए भने अरू विद्यार्थीलाई पनि खोलाले बगाएको हुन सक्ने स्थानीयको भनाइ छ । प्रहरीले यसको पुष्टि भने गरेको छैन । लगातारको पानीले सडक हिलाम्य भएका छन् ।

जिल्लाबाट सवारी साधन आवत जावत गर्न नसकेपछि यात्रुहरू पनि समस्यामा परेका छन् बसपार्क र मन्थली बजारको खाँदबारी लगायतका क्षेत्र जलमग्न छन् । पानी घरभित्र र पसलभित्र पसेर क्ष्ति पु¥याएको छ । निरन्तरको वर्षाले रामेछापको मन्थली अस्तव्यस्त बनेको छ ।

Womui
Womui