सिद्धार्थ राजमार्गमा पहिरो खस्दा बिच बाटोमा यात्रुको बिजोग

253

छिनछिन खबर
रामपुर पाल्पा, वैशाख ३१ । आइतबार राती लगातार परेको पानीका कारण तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै माथिबाट ठूला ठूला चट्टान सहितको पहिरो खसेको छ । पहिरोबाट मानविय क्षती भने भएको छैन । राती २ बजेदेखि सड्क अवरूद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए ।

 

ठूला ठूला चट्टान सहितको पहिरो खसेका कारण बिहानैदेखि सडक सुचारू गराउने प्रयास गरे पनि पहिरो हटाई नसकेकोले सडक सुचारूमा ढिला भएको आचार्यले बताए । यात्रुहरू पहिरोबाट जोगिए पनि समयमा गनतव्यमा पुग्न नसक्दा र अझै पनि पहिरो खसेर दुःख पाईन्छकि भन्ने डरले त्रसित छन् ।

Womui
Womui