फुटबलर मणिविक्रम शाहको निधन

45

छिनछिन खबर
काठमाडौं, वैशाख ३१ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणिविक्रम शाहको सोमबार साँझ निधन भएको छ । लामो समयदेखि पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ५१ वर्षीय शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शाह नेपाली फुटबलको उत्कृष्ट मिडफिल्डर हुन् । सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए ।


शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए । मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि समेत जिताएका उनले १९९७ मा फुटबलबाट संन्यास लिए । सन् १९९८ को बैंकक एसियाडमा नेपालको झण्डा बोक्ने मौका पाएका थिए । एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शाहको निधनमा दुःख प्रकट गरे । शाहको पार्थिव शरीर मंगलबार बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा श्रद्धाञ्जलीका लागि राखिने उनले जानकारी दिए । शाहका श्रीमती र छोरी छन् ।

Womui
Womui