अध्यक्षले मनोमानी गरिन्ः महिला संघ महासचिव खतिवडा

170

छिनछिन खबर
काठमाडौं, वैशाख ३१ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघकी महासचिव धना खतिवडाले संघकी अध्यक्ष उमा रेग्मीले एकलौटी गरेको आरोप लगाएकी छन् ।


प्रेस विज्ञप्ति जारी गर्दै खतिवडाले वैशाख २८ गते रेग्मीले चयन गरेको केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयप्रति गम्भीर गम्भीर ध्यानाकार्षण भएको बताइन् । उनले जारी गरिेको विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेसनबाट नेतृत्व चयन भएको करिब दुई वर्ष ढिला गरी गरिएको मनोनयन सुखद् हुन सकेन ।’ अध्यक्षले केन्द्रीय समितिमा सामान्य छलफल समेत नगरी मनोनयन गरेको भन्दै खतिवडाले त्यसलाई आफूहरूले नमान्ने चेतावनी दिएकी छन् ।

Womui
Womui