नेपालले चार एअर रुट प्रयोग गर्ने पाउने, यी हुन् थपिनेक्रममा रहेका एअर रुट

25

मालती ओली
काठमाडौं, वैशाख ३१ । एउटा मात्र एअर रुट प्रयोग गर्नु पर्दा असुरक्षित मानिँदै आएको नेपालको हवाई क्षेत्रले अब चारवटा एअर रुट प्रयोग गर्न पाउने भएको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हाल भारतले दिँदै आएको एक मात्र एअर रुट नेपालका लागि अपर्याप्त भएको धारणा राखेपछि भारतले चार वटा रुट थप्न सहमति जनाएको बताए ।

प्रधानमन्त्री ओलीका अनुसार अब भारतले नेपालगन्ज, भैरहवा र विराटनगरबाट नेपाललाई एअर रुट दिनेछ । अहिलेसम्म भारतले नेपाल आउने हवाई जहाजका लागि सिमराबाट मात्र हवाई रुट दिँदै आएको छ । जसले गर्दा हवाई कम्पनीले ट्राफिक धेरै भएको गुनासो गरिरहेका थिए । चार वटा हवाई रुट पाएपछि विदेशबाट आउने जहाजले खोलिएका जुन हवाई रुट पनि प्रयोग गर्न पाउनेछन् । प्रधानमन्त्री ओलीले खोल्न सहमति भएका हवाई रुटको काम यही सेप्टेम्बरदेखि काम अघि बढाइने बताए ।

Womui
Womui