प्रधान सेनापति क्षेत्री पाकिस्तान जाँदै

126

छिनछिन खबर
काठमाडौं, वैशाख ३१ । प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार पाकिस्तान जाँदैछन् । पाकिस्तानी सेनाका प्रमुख जुबाइर मोहम्मदको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेको सैनिक मुख्यालयले जनाएको छ ।

तीन दिने भ्रमणका क्रममा क्षेत्रीले पाकिस्तानका उच्च सैनिक, सरकारी र राजनीतिक व्यक्तिसँग समेत भेट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । क्षेत्रीको अनुपस्थितिमा बलाध्यक्ष पूर्णचन्द्र थापाले कार्यवाहक सेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।

Womui
Womui