रैराङ हाइड्रोपावरको साधारण शेयर खुल्यो, कति आवेदन गर्ने ?

134

छिनछिन खबर
काठमाडौं, वैशाख ३१ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आइपिओ) निष्काशन तथा बिक्री सोमबारदेखि खुला भएको छ ।


कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । उक्त आइपिओमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये ३३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ लाख ६४ हजार ४ सय कित्ता बिक्री खुला गरेको क्यापिटलले जनाएको छ । कम्पनीको आइपिओमा न्यूनतम ५० देखि अधिकतम ४ हजार दुई सय कित्तासम्म आवेदन दिन सकिन्छ ।

रैराङले पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस अघि रैराङले धादिङमा पाँच सय किलोवाटको विद्युत् निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । रैराङले निस्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले ४ ग्रेड रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको आइपिओ औसतभन्दा कमजोर छ भन्ने हो ।

Womui
Womui