पश्चिममा भीषण हावाहुरी, कैलालीमा एकको मृत्यु

184

छिनछिन खबर
कैलाली, वैशाख ३१ । भारतको उत्तरप्रदशेमा आएको हावाहारीको प्रभाव पश्चिम नेपालमा समेत परेको छ । पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा आइतबार राति भीषण हावाहुरी चलेको छ । हावाहारीका कारण धेरै स्थामा घरमा छत र अन्य भौतिक सम्पत्तिको क्षति भएको छ । कैलालीमा भने भीषण हावाहुरीका कारण एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाली, गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बुढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको राँगो मरेको छ। झन्डै आधा घन्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ ।

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै हावाहुरीसँगै परेको वर्षाक कारण देशमा विभिन्न स्थानमा पहिरो समेत गएको छ । रामेछाप, म्याग्दी लगायतका जिल्ला पहिरोबाट प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

Womui
Womui