सगरमाथा चढ्ने सिजन सुरु भयो, यो वर्षको पहिलो दिन आठ जना पुगे चुचुरोमा

109

छिनछिन खबर
काठमाडौं, वैशाख ३१ । सगरमाथा चढ्ने सिजन सुरु भएको छ । सिजन सुरु भएसँगै सगरमाथा चढ्न जानेको संख्यासमेत बढेको छ । हरेक वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा चढ्ने उपयुक्त समय मानिन्छ । यो वर्ष पहिलोपटक आइतबार आठ जना सगरमाथाको चुचुरोमा पुगेका छन् ।

पर्यटन विभागले ८ जना शेर्पा आरोही चुचुरोमा पुगेसँगै यो वर्षको आरोहण सुरु भएको जनाएको छ । अनुकूल मौसम रहेकाले यतिखेर धेरै आरोही बेसक्याम्पमा आरोहणको प्रतीक्षामा छन् ।

बेस क्याम्पभन्दा माथि दुई सय भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झन्डै १ सय ५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको विभागले जनाएको छ ।

यसवर्ष पहिलोपटक सगरमाथाको चुचुरो पुग्ने आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरी शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे छन् ।

Womui
Womui