करिश्मा मानन्धरकी छोरी कविताले पनि फिल्म खेल्ने

116

छिनछिन खबर
काठमाडौं, वैशाख ३१ । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि फिल्म खेल्ने भएकी छन् । आमाको पाइला पछ्याउँदै कविताले शिव श्रेष्ठले निर्माण गरिरहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा डेब्यू गर्न लागेकी हुन् ।

कविताले शिवका छोरा शक्ति श्रेष्ठसँग स्क्रिन सेयर गर्ने निर्देशक दिपेश सापाकोटाले बताए । यसअघि करिश्माले आफैंले निर्माण गर्ने फिल्ममा छोरी कवितालाई डेब्यू गराउने बताउँदै आएकी थिइन् । उक्त फिल्ममा स्टार कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सन्जोग कोइराला लगायतको अभिनय रहने बताइएको छ ।

Womui
Womui