अब मुलुक लोडसेडिङमुक्त, सम्भव होला ?

48

छिनछिन खबर
काठमाडौं, वैशाख ३१ । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि लागू हुनेगरी देशभर लोडसेडिङमुक्त घोषणा गरेको छ ।
यसअघि सहरी क्षेत्रमा बसोबास गर्ने उपभोक्ताका लागि लोडसेडिङ हटाएको प्राधिकरणले अब उद्योगका लागि समेत लोडसेडिङ हटाएको घोषणा गरेको हो ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशी उत्पाद वृद्धिको साथै भारतबाट विद्युत् आयात गरिएकाले मात्र मुलुकमा लोडसेडिङ अन्त्य नभएको बताए । उनका अनुसार प्राधिकरणभित्र सुशासनमा जोड दिएका कारण र विद्युत् चुहावट रोक्न सकेका कारण लोडसेडिङको अन्त्य भएको बताए ।

दुई वर्षअघि सहरी क्षेत्रका बासिन्दाका लागि लोडसेडिङ अन्त्य गरिए पनि सीमावर्ती बस्ती र ग्रामीण भेकमा बसोबास गर्ने सर्वसाधारणले भने अझै पर्याप्त विद्युत् पाउन सकेका छैनन् । कतिपय स्थानमा निम्न गुणस्तरको विद्युत् सेवा उपलब्ध हुँदै आएको छ । ग्रामीण भेकका सर्वसाधारणले विद्युत् सेवालाई गुणस्तरीय बनाउन माग गर्दै आइरहेका छन् ।

नेपालमा कुल जनसंख्यको ६० प्रतिशतले विद्युत् उपयोग गर्ने गर्छन् । हाल नेपालमा प्राधिकरणको ३७२, निजी क्षेत्रको २०२ र भारतबाट ४३३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

Womui
Womui