सुर्खेतमा मानव अधिकार रक्षक सञ्जाल

52

सुर्खेत, वैशाख ३०-
तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले सुर्खेतमा पनि आफ्नो सञ्जाल विस्तार गरेको छ । अशोक राजीको संयोजकत्वमा १७ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । सो क्रममा थर्ड एलायन्सका उपक्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही बनाउनका लागि सञ्जालले महत्वपूर्ण भूमिमका निर्वाह गर्ने बताए । स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना फैलाउन हरेक जिल्लामा थर्ड एलायन्स सञ्जाल गठन गरी रहेको उनले जानकारी दिए । सुर्खेतमा मानव अधिकार उल्लंघनका घटनाको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन सञ्जालले प्रभवकारी तरिकाले काम गर्ने उनको भनाई छ ।


गैर सराकारी संस्था महासंघ सुर्खेतका सचिव घनश्याम केसीले थर्ड एलायन्सले मानव अधिकार उल्लंघनका घटनाको अनुगमन गरी राज्यलाई जवाफदेही बनाउनका लागि गठन गरेको सञ्जालले जिल्लामा भईरहेका विभिन्न घटनाको स्थलगत अनुगमन गरी मानव अधिकारमैत्री जिल्ला बनाउन भूमिका निर्वाह गर्ने बताए । सञ्जालको संयोजकमा राजी, सह-संयोजकमा गिता कोईराला, सचिव सर्मिला बिसी, सह-सचिव जगत दल जनाला बिक, सदस्यमा प्रकाश अधिकारी, घनश्याम केसी, मिलन श्रेष्ठ, टेकेन्द्र बिश्वकर्मा, अन्जली बिसी, जरमाया बाठा, किमसरा खत्री, ईन्द्रा सापकोटा, रिता सापकोटा, राजेन्द्र बान्तोला, भगवती आर्चाय, कमल लामिछाने, सृजना जि.सी लगायत रहेका छन् ।

Womui
Womui