स्प्रिङडेल विरुद्ध प्रोटेस्ट परेपछि मुनतारा विजयी

102

नेपालगन्ज,वैशाख ३०-
नेपालगन्जमा जारी अन्तर बिद्यालय मेयरकप छात्र/छात्रा फुटबल प्रतियोगिता अन्र्तगत यु–१४ तर्फ आइतबारको पहिलो खेलमा मुनतारा बोर्डिङ स्कुल विजयी भएको छ । मुनताराले प्रोटेस्टका आधारमा स्प्रिङडेललाई पराजित गरेको हो । निर्धारित समयमा स्प्रिङडेलले ३-२ गोल अन्तर बनाएपनि टीममा (स्प्रिङडेलले) उमेर समूहभन्दा माथिको खेलाडी सिद्धान्त क्षेत्रीलाई खेलाएको प्रमाणित भएपछि मुनतारालाई विजयी घोषणा गरिएको हो ।


यु-१४ तर्फकै दोस्रो खेलमा सगरमाथा स्कुल विजयी भएको छ । सगरमाथाले दीपज्योती बिद्याश्रमलाई २ शुन्य गोल अन्तरले पराजित गरेको हो । सगरमाथाका लागि दुबै गोल सन्तोष महतराले गरेका थिए । त्यस्तै यु-१८ तर्फ पहिलो खेलमा जिभिएन कलेजले भुपु सैनिक स्कुललाई २ का विरुद्ध ३ गोलले हराएको छ । जिभिएनका लागि बिशाल थापा, समिर चौधरी र आदित्य खड्काले एक/एक गोल गरेका थिए, भने भुपु सैनिकका रुपेश थापा र मनिस थापाले एक/एक गोल गरे ।

यता १८ बर्षमुनिको दोस्रो खेलमा जिभिएन कलेजले दीपज्योतीलाई पराजीत गरेको छ । निर्धारित समयमा दुबै टोलीबाट कुनैपनि गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो । जहाँ जिभिएनले २ का विरुद्ध ३ गोलले जीत हासिल गर्यो। बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनि छात्र तथा १६ बर्ष मुनिको छात्रा गरि ३ वटा बिधामा प्रतिस्पर्धा भईरहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् । यु-१४ छात्रमा जम्मा १६ बिद्यालयका टिमले सहभागिता जनाएका छन्, भने यु–१६ छात्र टिममा १४ बिद्यालयका टिमले सहभागिता जनाएका छन् । त्यसैगरी यु–१६ छात्रामा ४ बिद्यालयका टिमले सहभागिता जनाएका छन् ।

Womui
Womui