बाँकेका स्वास्थ्यकर्मीले बुझाए मन्त्रीलाई ध्यानाकर्षण

32

केपी घिमिरे
नेपालगन्ज, बैशाख ३० । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री स्वास्थ्य र शिक्षाक्षेत्रको निरीक्षणमा आएको बेलामा बाँके जिल्लामा रहेका बाम घटक नजिकका संगठनले सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

४ बुदे माग राख्दै अखिल नेपाल प्रगतिशील जन स्वास्थ्य कर्मी महासंघका अध्यक्ष कबिराम बुढाथोकी र नेपाल स्वास्थ्य प्राविधिक संघ बाँकेका अध्यक्ष खडक रोकाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त पत्रमा स्वास्थ्यकर्मीक‍ो दरवन्दी नरहेको ठाउँमा दरवन्दीको व्यवस्था गर्नुपर्ने, विगत ३ र ४ महिनादेखि कुनै ठाउँका स्वास्थ्यकर्मीलाई तलव उपलब्ध नगरिएको तत्काल उपलब्ध गराउनु पर्ने, देशभरमा देखिएको औषधी अभावलाई समाधान गर्नु पर्ने लगायतका माग रहेका थिए ।

Womui
Womui