वैदेशिक रोजगार मागपत्र निर्देशिकाको गैरआवासीय नेपाली संघद्वारा स्वागत

103

छिनछिन खबर
काठमाडौं, वैशाख ३० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार मागपत्र निर्देशिका जारी गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । केही दिनअघि मन्त्रालयले जारी गरेको उक्त निर्देशिकाले वैदेशिक रोजगार क्षेत्रको विकृति र बिसंगति रोक्न सहयोग पुग्ने संघले विज्ञप्ति जारी गरी जनाएको छ ।


निर्देशिकाको अभावमा यसअघि रोजगारदाता कम्पनी र मेनपावर कम्पनीले माग गरेको कामको विवरणबारे यकिन हुन कठिनाइ भइरहेको र जसले गर्दा सर्वसाधारण ठगीमा पर्ने गरेको संघको भनाइ छ ।

निर्देशिकाले अदक्ष कामदारको सट्टा बढी तलब सुविधा पाउने दक्ष कामदार जाने प्रवृत्ति वढाउन सघाउने संघको भनाइ छ ।

Womui
Womui