उत्तर कोरियाले दुई सातामा आणविक हतियार नष्ट गर्ने

252

सिओल, वैशाख ३० (एजेन्सी) । उत्तर कोरियाले दुई साताभित्र आणविक हतियार परीक्षण स्थल नष्ट गर्ने घोषणा गरेको छ । आणविक हतियार परीक्षण गर्नका लागि प्रक्रिया अघि बढिसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

विदेश मन्त्रालयको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै सञ्चार माध्यम केसिएनएले यही मे २३ र २५ मा आणविक हतियार नष्ट गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

सिंगापुरमा आगामी जून १२ मा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्तालाई मार्गप्रशस्त गर्न उत्तर कोरियाले उक्त कदम चालेको बताइएको छ ।

आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षण स्थल नष्ट गर्ने प्रक्रियाको साक्षी बन्न अन्तर्गत विदेशी सञ्चार माध्यमलाई बोलाइने जनाइएको छ।

लामो समयदेखि आणविक हतियार परीक्षण गरिरहेको उत्तर कोरियाका कारण विश्व त्रसित थियो । कोरियाले जुनसुकै बेला आणविक हतियारबाट आक्रमण गर्न सक्नेसम्मको धम्की दिँदै आएको थियो ।

Womui
Womui