प्युठानमा बस दुघर्टना, ५ को मृत्यु २१ घाइते

130

छिनछिन खबर
प्युठान, वैशाख ३० । प्युठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ आउँैदै गरेको ना ४ ख १८७६ नम्बरको बस प्युठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना हो ।

प्रहरीका अनुसार मत्यु हुनेमा ३ महिला र २ पुरुष छन् । घाइतेको जिल्ला अस्पातमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई नेपालगन्ज, भैहरवा लगायतका अस्पतालमा पठाइएको छ ।

Womui
Womui