भरतपुरमा बम विस्फोट, भाटभटेनीमा क्षति

175

छिनछिन खबर
चितवन, वैशाख ३० । भरतपुरको ओरालोनजिक आइतबार बिहान बम विस्फोट हुँदा भाटभटेनी सुपरसपमा क्षति पुगेको छ ।
भाटभटेनीलाई लक्षित गरी वम विस्फोट गराउनुको कारण भने खुलेको छैन । चितवनका प्रहरी प्रमुख दीपक थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेड विस्फोट गराएको जानकारी दिए ।


थापाका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने १ जनाको पहिचान भएको र खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका २ जनाले बम विस्फोट गराएका थिए ।

विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण फाट्टफुट्ट मात्रै सवारी चलेका छन् ।

Womui
Womui