नेपालगन्जमा प्रर्दशन : ‘मोदी जी स्वागत छ तर, नाकाबन्दी बिर्सेका छैनौं’

157

नेपालगन्ज, वैशाख २९-
भारतले नेपालमाथी लगाएको नाकाबन्दीको स्मरण गर्दै प्रधानमन्त्री नरेद्र मोदीको भ्रमणका क्रममा भएका गतिविधिको नेपालगन्जमा बिरोध प्रर्दशन गरिएको छ । नेपालगन्जको धम्बोझी चोकमा शनिबार स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशिल साझा पार्टी र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा सहभागीहरुले ‘मोदी जी स्वागत छ, तर नाकाबन्दी बिर्सेना छैनौं’, ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’ जस्ता प्लेकार्ड बोकेका थिए । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाल सरकारले जनकपुर र काठमाडांैको चाबी हस्तान्तरण गरी राष्ट्रघाती काम गरेको भन्दै बिरोध प्रर्दशनमा सहभागीले आक्रोश पोखेका थिए ।

यस्तै प्रशिद्ध मुक्तिनाथ मन्दिरको निषेधित क्षेत्रमा भारतीय सञ्चार माध्यमले फोटो खिच्नुका साथै प्रत्यक्ष प्रशारण गरेकोमा आलोचना गरे । कोण सभामा विवेकशिल साझा पार्टीका डा. विनोद कर्ण, नयाँ शक्ति पार्टीका युवा नेता टंकप्रसाद धमला लगायतले बोलेका थिए । मोदीको विरोधमा बाँके लगायत मुलुकका विभिन्न जिल्लामा प्रर्दशन भएका छन् । प्रर्दशनमा सहभागी भएको भन्दै प्रहरीले कतिपय ठाउँमा गिरफ्तार समेत गरेको छ ।

नेपालगन्जको धम्बोझी चोकमा बिरोध प्रर्दशन गर्दै ।

Womui
Womui