भारत फर्किए मोदी, सरकारले सम्मान गरे पनि जनताबीच लोकप्रिय हुन सकेनन्

43

छिनछिन खबर
काठमाडौं, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अरान्ह स्वदेश फर्किएका छन । नेपालको दुई दिने भ्रमणमा आएका मोदीको यसपटकको धेरै समय तीन वटा मन्दिरको दर्शन र पूजापाठमा बित्यो ।


शुक्रबार जनकपुर हुँदै आएका मोदीले जानकी मन्दिरमा पूजा, पाठ गरेका थिए । जानकी मन्दिरमा पूजा, पाठ गरेर काठमाडौंमा आएका मोदीले मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा समेत पूजा, पाठ गर्न भ्याए ।  तीन वटा प्रमुख मन्दिरमा पूजा, पाठ गर्न भ्याएका मोदीले जनकपुरमा रामायण सर्किट र काठमाडौंमा अरुण तेस्रो जलविद्यत् आयोजनाको शिलान्यास समेत गरे । मोदी प्रधानमन्त्रीको रूपमा तेस्रोपटक नेपाल आएका हुन् ।

२०७२ मा संविधान जारी गर्दा नेपालविरुद्ध नाकाबन्दी गरेका कारण यसपटकको उनको भ्रमण केही आलोचित समेत भयो । सामाजिक सञ्जालमा धेरैले नाकाबन्दीबारे माफी माग्न आग्रह गरे पनि उनले नाकाबन्दीबारे कतै केही बोलेनन् । जसले गर्दा जनताबीच उनी लोकप्रिय हुन सकेनन् ।

नेपालमा करिब ३० घन्टा बिताएका उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेटेका थिए । स्वदेश फर्कंनु अघि मोदीलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिदाई गरे ।

Womui
Womui