अरुण तेस्रो शिलान्यासबारे ऊर्जा मन्त्रीलाई जानकारी छैन

56

छिनछिन खबर
काठमाडौं, वैशाख २९ । नेपाल र भारतका प्रधानमन्त्री शुक्रबार मात्र शिलान्यास गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाबारे तालुक मन्त्रीले जानकारी नभएको गुनासो गरेका छन् ।


काठमाडौंमा स्विच थिचेर शिलान्यास गरिएको अरुण तेस्रोबारे आफूलाई जानकारी नदिएर बाइपास गरिएको भन्दै ऊर्जा मन्त्री वर्षमान पुन असन्तुष्ट बनेका हुन् ।

९०० मेगावाटको उक्त आयोजनाको निर्माण जिम्मा भारतीय कम्पनी सतलजले लिएको छ । आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । एक खर्ब ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनाबाट नेपालले एक सय ९७ मेवावाट विद्यतु निःशुल्क प्राप्न गर्नेछ ।
२५ वर्षपछि पूरै आयोजना नेपाल सरकारको हुनेछ । आयोजना निर्माणको बेला फलाम, सिमेन्ट, स्टिल लगायतका सामग्रीमा सरकारले कम्पनीलाई ५० प्रतिशत छुट दिनुपर्ने छ ।

Womui
Womui