भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन, मोदीले तीन पटक भने नेपाल–भारत मैत्री सम्बन्ध अमर रहोस्

55

छिनछिन खबर
काठमाडौं, वैशाख २९ । स्वदेश फर्कंनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ ।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका मोदीलाई महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दन गरेका हुन् ।

अभिनन्दन समारोहमा बोल्दै मोदीले कवितात्मक शैलीमा काठमाडौंमा प्रशंसा गरे । मन्तव्य टुंग्याउनु अघि मोदीले तीन पटक नेपाल–भारत मैत्री सम्बन्ध अमर रहोस् भनी बताएका थिए । शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदी केही बेरपछि स्वदेश फर्कंने कार्यक्र छ ।

Womui
Womui