मोदीलाई भेट्न नेताहरूको लर्को, कोको पुगे हायातमा ?

278

छिनछिन खबर
काठमाडौं, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कनु अघि उनलाई राजनीतिक पार्टीका नेताहरूले भेटेका छन् ।
मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा पूजापाठ गरेर होटल हायातमा फर्केका मोदीलाई त्यही माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो, महेन्द्र राय यादव लगायत नेता होटल हायात पुगेका थिए ।

तीमध्ये संघीय समाजवादीका अध्यक्ष यादव र माओवादी अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटेका मोदीले अन्य नेतालाई भने सामूहिक रूपमा भेटेका थिए । कांग्रेस सभापति देउवासँगै उपसभापति विमलेन्द्र निधि, महामन्त्रीहरू पूर्णबहादुर खड्का र शशांक कोइरालालगायतका नेताले मोदीलाई भेटेका थिए ।

मोदी केहीबेरपछि काठमाडौं महानगरपालिकाले आयोजना गर्ने अभिनन्दन समारोहमा सरिक भई साँझ स्वदेश फर्कंने कार्यक्रम छ ।

Womui
Womui