भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे पशुपतिनाथमा विशेष पूजा

41

छिनछिन खबर
काठमाडौं, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शनपछि पुशपतिनाथ मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन् ।


नेपालको दुईदिने भ्रमणमा रहेका मोदीले शनिबार पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका हुन् । मोदीले करिब साढे ११ बजे मन्दिरभित्र प्रवेश गर्दै आधा घन्टाभन्दा बढी पूजाअर्चना गरेका थिए ।

पशुपतिनाथ मन्दिरमा उनलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायतले स्वागत गरेका थिए । केही बेरपछि मोदीलाई काठमाडौं महानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । मोदी शनिबार साँझ स्वदेश फर्क्रने छन् ।

Womui
Womui