श्रमिकको सुरक्षाको लागि प्रभातफेरी

56

केपी घिमिरे
नेपालगन्ज, वैशाख २९ । युवा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ जोखिममुक्त बनाउनको लागि प्रभातफेरी कार्यक्रम गरिएको छ । श्रम कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने मजदुर, ट्रेड युनियनका नेता, उद्योगका मालिकको उपस्थिति थियो ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका बाकेका अध्यक्ष बसन्त मल्लले मजदुरलाई स्वास्थ र सुरक्षा सम्बन्धि तालिम दिनु पर्नेमा जोड दिए । त्यसैगरी जिफन्टका केन्द्रीय सदस्य पुर्ण केसीले मजदुरको हितका लागि सबै एकजुट हुनुपर्ने बताए । श्रम कार्यालयका प्रमुख मनोज यादवले
सप्ताह व्यापी कार्यक्रम वैशाख १५ देखि २१ हुनुपर्नेमा प्राविधिक कारणले ढिलाइ भएको जानकारी दिए ।

Womui
Womui