भारतीय प्रधानमन्त्री मोदीको पहिलो मुक्तिनाथ दर्शन

133

छिनछिन खबर
काठमाडौं, वैशाख २९ । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमनत्री नरेन्द्र मोदी शनिवार बिहान हेलिकोप्टर मार्फत मुक्तिनाथ पुगेका छन् ।

 

सन् २०१४ मा नेपाल आउँदा मुक्तिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेपनि पुरा हुन सकेको थिएन । मोदीले मुक्तिनाथमा पूजा गरेका छन् । मोदीले त्यहाँ पूजा गरेपछि काठमाडौं फर्किएर पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

 

उनले शुक्रबार जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना गरेका थिए ।

शनिवारै मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको जनाएको छ । उनी साँझ स्वदेश फर्कने छन् ।

Womui
Womui