मोदी र ओलीले गरे ९०० मेगावाटको अरुण तेस्रो शिलान्यास

231

छिनछिन खबर
काठमाडौं, वैशाख २८ । बुहप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला उक्त आयोजनाको शिलान्यास गरिएको हो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति स्वीच थिचेर ९०० मेगवाटको अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् ।

 

राजधानीको होटल द्वारिकाजमा आयोजित एक कार्यक्रमबीच रिमोट थिचेर प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले आयोजनाको शिलान्यास गरे । रिमोट थिचेपछि दुई प्रधानमन्त्रीले अंकमाल गरेका थिए । संखुवासभा जिल्लामा बन्न लागेको ९ सय मेगावाटको
अरुण तेस्रो जलविद्युत आयोजनाको अरुण तेस्रोको निर्माण जिम्मा भारतीय कम्पनी सतलजले पाएको छ । स्वीच थिचेसँगै संखुवासभाको फाक्सिन्डा दोभानमा आयोजनाको काम सुरू भएको छ । पाँच वर्षमा पूरा गर्ने कार्ययोजा रहेको उक्त आयोजनाका लागि करिब १ खर्ब ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजना बनेपछि नेपालले १९७ मेगावाट बिजुली पाउनेछ भने बाँकी बिजुली निर्यात हुनेछ । सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण हुनेछ ।

Womui
Womui