ओली र मोदीले ‘वान टु वान’ वार्तामा बिताए एक घण्टा बढी

72

छिनछिन खबर
काठमाडौं, वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले ‘वान टु वान’ वार्तामा एक घण्टा भन्दा बढी समय बिताएका छन् । शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता पूर्व निर्धारित योजना भन्दा बढी भएको हो ।

दुई नेताबीच अझै वार्ता जारी रहेकाले कुन विषयमा कुरा भयो भन्नेबोर एकिन हुने सकेको छैन । उच्च स्तरीय स्रोतहरूले दुई नेता यसअघि बिग्रिएको भनिएको सम्बन्ध सुधारका लागि विभिन्न विषयमा केन्द्रित भएको बताएका छन् । कतिपयले पछिल्लो समयमा चीनको नेपालसँग विस्तार भइरहेको सम्बन्धमा समेत मोदीले चासो दिएको हुनसक्ने आकलन गरेका छन् । दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी गर्ने तयारी छ ।

सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन् । होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको रिमोटमार्फत् शिलान्यास गर्ने कार्यक्रम समेत छ ।

प्रधानमन्त्री ओलीले भारतीय मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन् । यसअघि मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अनर दिइएको थियो । त्यस्तै ओलीसँगको भेटअघि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका थिए ।

Womui
Womui