मोदीले पाए गार्ड अफ अनरको सम्मान

37

छिनछिन खबर
काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनर बाट सम्मानित गरिएको छ ।

जनकपुर भ्रमण सकेर काठमाडौंको टुँडिखेलमा आएका उनी नेपाली सेनाद्धारा सैनिक मञ्च गार्ड अफ अनरबाट सम्मानित भएका हुन् । सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा नेपाली सेनाको विशेष टँुकडीले मोदीलाई १९ तोपको सलामी दिएको थियो ।उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

यसअघि केही महिना पहिले नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि टुुँडिखेलमा गार्ड अफ अनरबाठ सम्मान गरिएको थियो ।

टुँडिखेलमा गार्ड अफ अनरद्धारा सम्मानित हुने मोदी दोस्रो विशिष्ट पाहुना हुन् ।

Womui
Womui