मोदीलाई नागरिक अभिनन्दन, उनले भने–नेपाल–भारतको सम्बन्ध त्रेता युगको हो

49

छिनछिन खबर
जनकपुर, वैशाख २८ । दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ ।


जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहले मोदीलाई अभिनन्दन गरेका हुन् । त्यस अघि प्रदेश नम्बर २ को सरकारले एक सय २१ किलाको मालाले मोदीलाई अभिनन्दन गरेको थियो ।

हजारौं नागरिक उपस्थित भएको सभामा मोदीलाई जनकपुर उपमहानगरपालिकाले नगरको साँचो समेत हस्तान्तरण गरेको थियो । अभिनन्दन समारोहमा बोल्दै मोदीले जनपुर आउने यसअघिको वाचा पूरा गरेकोमा खुशी व्यक्त गरे । मोदीले यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको भन्दा पनि प्रधान तीर्थयात्रीको रूपमा भएको बताए । उनले नेपाल र भारतको सम्बन्ध त्रेता युगको भएको बताए । भारत र नेपालको सम्बन्ध आस्था र आफ्नोपनको भएको बताए ।

Womui
Womui