कारको ठक्करबाट स्कुटी चालक घाइते

43

छिनछिन खबर
नेपालगन्ज, वैशाख २७ । बाँकेको खजुरा गाउँपालिका– ५ चाइनाभट्टा नजिकै कारले स्कुटी चालकलाई ठक्कर दिएको छ । मानखोलादेखि नेपालगन्जतर्फ आउँदै गरेको भे ६ प १८१६ नम्बरको स्कुटीलाई सोही दिशातर्फ आउँदै गरेको बा १८ च १६०२ न को कारले ठक्कर दिदा स्कुटी चालक नेपालगन्ज उपमहानगरपालिका– १२ बस्ने वर्ष १८ क‍ा निर्मल ओली र स्कुटीको पछाडि बसेकी नेपालगन्ज पमहानगरपालिका– १२ बस्ने सरिता बुढाथोकी गम्भीर घाइते हुनु भएका छन् ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. सुभाष योगीका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन् ।

Womui
Womui