हिमपातको मारमा यार्सा संकलक ज्यान जोगाउन घर फर्कदै

124

छिनछिन खबर
दार्चुला, वैशाख २७ । बाक्लो हिमपात भएपछि यार्सा टिप्न पाटन गएका यार्सा संकलकहरु धमाधम घर फर्किन थालेका छन् ।

तीन दिनदेखि उच्च हिमाली जिल्लामा मौसम परिवर्तन भइ बाक्लो हिमपात भएपछि उनीहरुलाई त्यहाँ यार्सा खोज्न नसकिनुका साथै ज्यान जोगाउनको लागि घरतिर फर्कनु परेको छ ।

यार्सा संकलनका लागि यार्सा पाटनहरुमा बनाएका अस्थायी क्याम्पहरु नै हिउँले ढाकिदिएको छ । बाक्लो हिउँ परेपछि यार्सा संकलकलाई हिँड्न समेत गाह््रो भएको राम बहादु घर्ती मगरले बताए ।

व्याँस गाउँपालिका अन्तरगत पर्ने दुधुवन र घलघस्या लगायतका यार्सा पाटनहरुबाट संकलकहरु घर फर्किएको उपभोक्ता समिति राप्लाका अध्यष नरेन्द्रसिँह बुढोथोकीले बताए ।

बाक्लो हिमपात भएपछि संकलकहरुले बनाएको अस्थायी क्याम्पको त्रिपालहरु पनि फाटेको अध्यक्ष बुढाथोकील बताए ।

पाटनका सबै ठाउँमा हिउँले छोपेपछि यार्सा संकलन गर्न सक्ने अवस्था नै नभएको कालीका थापाले जानकारी दिईन् यार्सा पाटनका सबै ठाउँमा उस्तै बाक्लो हिउँले छोपेको छ । अब यहाँ बसेका कुनै औचित्य नहुने हुँदा सबै यार्सा संकलकहरु धमाधम घर फर्किन थालेको जनाइन् ।

यार्सा पाटनहरुमा झण्डै २ फिट हिउँ परेको पाटनबाट फर्किएका संकलकहरुले बताएका छन् ।
यार्सा संकलनका लागि अपिहिमाल गाउँपालिका अन्र्तगतका पाटनहरु वैशाख २५ गते मात्र खुल्ला गरिएको थियो । बाक्लो हिमपात भएपछि वन खुलेको दास्रो दिनबाटै यार्सा संकलकहरु घर फर्किन थालेका छन् ।

यार्सा संकलन गरेर आफ्नो खर्च जुटाउनको लागि विद्यार्थीहरु पनि आँफूलाई चाहिने खाद्यान्न लगायतका आवश्यक सामाग्री बोकेर पाटन गएका थिए, भने वैशाख २५ गते मंगलबारदेखि यार्सा पाटन खुल्ला गरिएको थियो ।
बाक्लो हिउँका कारण यार्सा खोज्न नसकेकोले आफ्नो विद्यालयको खर्च जुटाउने कुरा सपनामा मात्र सीमित रहेको विद्यार्थीले बताए ।

Womui
Womui