मलेसियाका महाथिर मोहमद पुनः प्रधानमन्त्री, यसरी भयो सम्भव

142

काठमाडौं, वैशाख २७ (एजेन्सी)– मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमद पुनः प्रधानमन्त्री हुने भएका छन् । उनको दलले लामो समयदेखि सत्तामा रहेको दललाई निर्वाचनमा हराएपछि सत्ताको नेतृत्व गर्ने अवसर पाएको हो । सरकार बनाउन ११२ सिट आवश्यक रहेको महाथिरको दलले केही बढी संख्या अर्थात ११५ सिट जितेको छ । ९२ वर्षीय महाथिर नेतृत्वको गठबन्धनले बारिसन नेशनल (बिएन) गठबन्धनलाई हराएको हो ।

आफैंले हुर्काएका नेता नजिब रजाक भ्रष्ट्राचारका घटनमा सामेल हुँदै गएपछि महाथिरले पुनः राजीतिमा फर्कंने निर्णय गरेका थिए । बिएन र यो गठबन्धनको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएनएनओ) सन् १९५७ मा बेलायतबाट देश स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर गएको केही वर्षदेखि उसको लोकप्रियता घटेको थियो । महाथिरको जितले देश स्वतन्त्र भएदेखि सरकारको नेतृत्व गरिरहेको पार्टीको शासनकाल अन्त्य गरिदिएको छ ।

महाथिर अब मलेसियाको प्रधानमन्त्री बन्नेछन् । शपथ ग्रहण समारोह आउँदो बिहीबार हुने बताइएको छ । मलेसिया बनाउने नेतामा चिनिएका महाथिर विश्वमै सबैभन्दा बढी उमेरको निर्वा्चित प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्रीका रूपमा उनले दुई दशकभन्दा बढी समय सत्ता चलाएका थिए । चुनावको नतिजा घोषणा भएसँगै पार्टीका समर्थकले उत्सव मनाएका छन् ।

Womui
Womui