खड्कालाई अन्तर्राष्ट्रिय प्रभावशाली युवा उद्यमी अवार्ड

83

छिननि खबर
काठमाडौं, वैशाख २७ । स्वास्थ्य सेवाको क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् ।  ‘एसिया वान’ म्यागजिनले प्रत्येक वर्ष प्रदान गर्ने यो अवार्डबाट यसपटक उनी सम्मानीत भएका हुन् । खड्का हेल्थकेयर क्षेत्रमा ढेड दशकदेखि क्रियाशील छन् ।

उनलाई बुधबार साँझ दुवईमा आयोजित विषेश कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । यो अवार्ड ४० बर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमसिशलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ । उक्त अवार्डका लागि ४० बर्षभन्दा कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारिता, प्रभाव, प्रगती र योगदानलाई मुख्य आधार बनाईने आयोजकले बताएका छन् ।
सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्दछ ।

नेपाल स्वास्थ्य व्यवशायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राइभेट हस्पिटल एसोसियसन (अपिन) का केन्द्रीय सदस्य पनि हुन् ।अष्ट्रेलियाको सेन्टरल क्विन्सल्याण्ड युनिभसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन् ।

Womui
Womui