सरकारको प्राथमिकतामा ठूला आयोजना, टुक्रे योजनाले बजेट नपाउने

82

छिनछिन खबर
काठमाडौं, वैशाख २६ । सरकारले आउँदो बजेटदेखि ठूला आयोजनालाई जोड दिने भएको छ । टुक्रे योजनामा बजेट विनियोजन गर्दा भौतिक पूर्वाधारमा प्रगति हुन नसकेपछि सरकारले ठूला आयोजनामा बजेट केन्द्रित गर्न थालेको अर्थमन्त्री यूवराज खतिवडाले जानकारी दिए । साना योजनाले बजेट नपाउँदा स्थानीय तहमा भने असर पर्नसक्ने देखिएको छ ।

अर्थमन्त्री खतिवडाले बुधबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । संघीय संसदका सांसदहरूले साना कार्यक्रममा खर्चका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड दिन माग गर्दै आएका छन् । अर्थमन्त्री खतिवडाले बजेटको मुख्य प्राथमिकता रणनीतिक सडक, द्रुतमार्ग, रेलमार्ग, निर्माणाधीन विमानस्थल र सहरी पूर्वाधार रहेको बताए ।

बजेटको लक्ष्य समृद्धि भएको उल्लेख गर्दै खतिवडाले वाम गठबन्धनले ल्याएको निर्वाचन घोषणापत्र कार्यान्वयन गर्ने बताए । ‘समृद्धिको लक्ष्य अमूर्त नारा मात्र होइन, हामीले इमान्दार प्रयत्न गर्‍यौं भने त्यो त्यति टाढा पनि छैन’, अर्थमन्त्रीले संसदमा भने, ‘सामाजिक न्यायसहितको समावेशी विकास, क्षमताअनुसारको कामको अवसर र मर्या्दित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तीयर पूर्वाधार हाम्रा प्राथमिकता हुन् । अर्थमन्त्री खतिवडाले बजेटको प्राथमिकता आन्तरिक र बाह्य आर्थिक स्थायीत्वको चाप घटाउनु भएको समेत उल्लेख गरे ।

Womui
Womui