सडक खन्दै गर्दा डोल्पामा दुई जनाको मृत्यु, सेनाले दिने भयो १०÷१० लाख रुपैयाँ

132

छिनछिन खबर
डोल्पा, बैशाख २६ । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुरा सुन्दरी नगरपालिका– ६ मा पर्ने चिप्लेभिरमा पहिरोसँगै खसेको ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ ।पहिरोसँगै खसेको ढुङ्गा लागेर मृत्यु हुनेमा रुकुम, आठबिसकोट नगरपालिका–१० बस्ने देबबहादुर चन्द र सोही नगरपालिका– १२ बस्ने अमृत रानामगर छन् ।

यसैबीच नेपाली सेनाले मृतकका परिवारलाई प्रतिब्यक्ति दश लाख रुपैयाँका दरले राहत दिने जनाएको छ । सेनाले सडक निर्माणकार्यमा संलग्न श्रमिक तथा गैर श्रमिकलाई पाँचदेखि दश लाखसम्म बिमाको ब्यबस्था भई आएपनि मृतक दुई जनाको परिवारलाई दश÷दश लाख
रुपैयाँ उपलब्ध गराउन पहल भइसकेको जाजरकोट डोल्पा निर्माणका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले बताए ।

मृतक दुईजनालाई दल्ली अस्पतालमा पोष्टमाडम गरी अन्तिम संस्कारका लागि शव परिवालाई बुझाइसकिएको सेनाले जनाएको छ । मृतकका परिवारलार्ई अन्तिम संस्कार खर्च सहयोग स्वरुप ३५ हजार रुपैयाँ परिवारलाई सहयोग गरिएको सेनाले जनाएको छ । पहिरोको ढुङ्गा लागेर घाइते भएका आठबिसकोट नगरपालिका वडा ९ का शक्तिबहादुर शाहीको उपचार भइरहेको र स्वास्थ्य सामान्य हुँदै गइरहेको छ ।

Womui
Womui