बुझेर मात्र शेयरमा लगानी गरौंः अर्थमन्त्री

119

छिनछिन खबर

काठमाडौं, वैशाख २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई बुझेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेका छन् । उनले लगानीकर्तालाई भेडा जस्तै गरी सेयर बजारमा लगानी गर्दा डुब्ने खतरा रहेकोरमेत सम्झाए । नेपाल धितोपत्र बोर्डले बुधबारदेखि राजधानीमा आयोजना गरेको पुँजी बजार प्रदर्शनीमा मन्त्री खतिवडाले साना लगानीकर्ता आफैंले जोखिम लिएर सेयर बजारमा लगानी गर्नुभन्दा पनि म्युचुअल फण्डमार्फत लगानी गर्न सल्लाह दिए ।

?

सेयर बजार जोखिमको व्यवसाय हो, भनेर बुझ्नु जरुरी भएको उनको भनाइ छ । आफ्नो एकजना साथीले जागिर छाड्दा आएको पैसा सेयरमा लगानी गरेर डुबाएको उदाहारण पनि उनले प्रस्तुत गरे । ‘एकजना मेरो साथीले जागिर छाड्यो, सेयरमा पैसा हाल्यो । र, डुब्यो । म पनि जागिरबाट रिटायर्ड भएको मान्छे हो । मैले त्यो पैसा लगेर बैंकमा निक्षेप राखेँ । मेरो पैसा सुरक्षित नै छ । किनभने मलाई थोरै नाफाले पुग्थ्यो । र, मैले जोखिम लिइनँ । उसले सेयर बजारमा हालेपछि त भोलि नै हुन्छ कि पर्सि नै हुन्छ कि भनेर जोखिम लियो,’ उनले सुनाए ।

जोखिम लिन सक्नेले जोखिम अनुसारको नाफा लिन र त्यसअनुसारको घाटा सहन तयार रहनुपर्ने अर्थमन्त्रीको भनाइ छ । सोही कार्यक्रममा बोल्दै उनले अर्बौं नाफा कमाउने ठूला निजी कम्पनीहरु पुँजी बजारमा प्रवेस नगरेसम्म नेपालको पुँजी बजार जोखिमरहित हुन नसक्ने बताए ।

५० अर्ब नाफा कमाउने कम्पनी अब धितोपत्र भन्दा बाहिर हुन नसक्ने उनको भनाइ छ । उनले एउटा मात्र क्षेत्रमा लगानी गरेर जोखिम न्यूनिकरण नहुने भएका हुनाले लगानीकर्ताहरुको जोखिम विभिधिकरण गर्न आवश्यक रहेको बताए । नेपालमा जल विद्युतमा, दुरसञ्चारमा, हवाइ सेवामा, उद्योग, उत्पादनमूलक उद्योगलगायतका क्षेत्रमा धेरै कम्पनीहरु आइरहेका हुनाले उनीहरु पनि बजारमा आउन सक्छन् भन्ने सोच्न आवश्यक रहेको उनको भनाइ थियो ।

Womui
Womui